प्रहरीले लागुपदार्थको कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय तिर्थबहादुर गोले र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका ३० वर्षीय प्रकाश सुयल रहेका छन्।
गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिकाको वडा नम्बर १४, कुलेश्वरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले गोलेको साथबाट एक केजी १०० ग्राम अफिमजस्तो देखिने लागुपदार्थसमेत बरामद गरेको छ। उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।