नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको ६५ वर्षको उमेरमा आइतबार राती दैलेखमा निधन भएको हो।
शाही दक्षिण एसिायली खेलकुद साग (साग) का स्वर्ण पदक विजेता हुन्। उनकी श्रीमती, २ छोरी र १ छोरा छन्। सन् १९९४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए।
उनले १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। त्यस्तै उनले ७ वर्ष (१९९५ देखि २००२ सम्म) लामो समय एन्फाको महासचिवको जिम्मेवारी सम्हालेका थिए। शाही नेपाल बक्सिङ संघको महासचिवसमेत बनेका थिए। उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्ष हुन्।