नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले प्रचण्ड–नेपाल पक्षलाई पठाएको पत्रबारे स्पष्ट पार्न उनीहरू निर्वाचन आयोग पुगेका हुन्। संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधीन रहेकाे छ।
प्रचण्ड–नेपाल र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन्। सो दावीको बारेमा निर्वाचन आयोगले अध्ययन गर्दैछ।
यसैबीच, आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाका विषयमा पनि दुई अध्यक्षले आयाेगकाे ध्यानाकर्षक गराउँदै छन्।
सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाका सन्दर्भमा मुद्दा विचाराधीन रहेकाे अवस्थामा निर्वाचन आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएकोप्रति पनि नेकपा अध्यक्षद्वयले ध्यानाकर्षण गराउँदै छन्।