स्पेनिस क्लब बार्सिलोनाले नयाँ कीर्तिमान बनाएको छ। बार्सिलोना लगातार ६ वर्षसम्म सामाजिक सञ्जालमा सबैभन्दा धेरै ‘इन्गेजमेन्ट्स्’ (अर्थात् धेरै संलग्नता) हुने क्लब बनेको छ।
ब्लिङ्कफायरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बार्सिलोनामा लाइक, कमेन्ट र सेयर गरी समग्रमा वर्ष २०२० मा १ दशमलव ६ बिलियन इन्गेजमेन्ट्स् भएको छ। यस मामिलामा बार्सिलोनाले चिरपरिचित क्लबहरुलाई पछि पारेको हो।
सबैभन्दा धेरै इन्गेजमेन्ट्स् हुने क्लबको दोस्रो स्थानमा इंग्लिस क्लब लिभरपुल रहेको छ। तेस्रो स्थानमा म्यानचेस्टर सिटी रहेको छ। वर्ष २०२० मा दुबै क्लबमा १ दशमलव ४ बिलियन इन्गेजमेन्ट्स् भएको छ।
यसअघिका लगातार ५ वर्षमा पनि बार्सिलोना सर्वाधिक इन्गेजमेन्ट्स् हुने क्लबको शीर्षस्थानमा रहेको थियो। बार्सिलाेनाले इटालियन क्लब युभेन्टस् र स्पेनिरस महारथि रियल मड्रिडलाई यस मामिलामा लगातार पछि पारिरहेकाे छ।
याे पनि पढ्नुहाेस् :
मेसी भर्सेस रोनाल्डो : पछिल्लो १० वर्षमा कसको धेरै गोल?
युभेन्टसले ‘सिरी ए’ को उपाधि नजित्ने दाबी, इन्टर मिलानको सम्भावना बलियो भएको निष्कर्ष