संसद् विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा आज विरोध सभा गर्ने भएका छन्। संसद्विघटनको विरोधमा शुरू भएको वृहत् नागरिक आन्दोलनले मंगलबार दिउँसो २ बजे ‘नागरिक सभा’ गर्न लागेको हो।
‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने बताइएको छ। सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभिन्न तह–तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए।