पेरिस सेन्ट जर्मन(पीएसजी)का फरवार्ड नेयमार जुनियर प्रशिक्षणमा फर्किएका छन्। ब्राजिलियन स्ट्राइकर नेयमार चोटमुक्त हुँदै पीएसजीको प्रशिक्षणमा फर्किएका हुन्।
नेयमार एंकल इन्ज्युरीका करिब एक महिना मैदान बाहिर रहेका थिए। १३ डिसेम्वरमा लियोनसँग भएको खेलमा उनी घाइते भएका थिए।
पीएसजीले ट्वीटरमा नेयमारको फोटो पोष्ट गर्दै उनी मैदान फर्किएको जानकारी दिएको हो। उसले ‘लुक हु इज ब्याक’ भनेर नेयमार प्रशिक्षणमा सामेल भएको फोटो ट्वीटरमा राखेको छ।
ब्राजिलियन नेयमारले नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको प्रशिक्षण गरेका हुन्। पोचेटिनोले पीएसजीसँग १८ महिनाको सम्झौता गरेका छन्।