नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ। विष्टकी ममतामयी आमा चिन्तकला विष्टको मंगलबार साँझ ९० वर्षको उमेरमा निधन भएको छ।
चिन्तकलाको गुल्मीको इस्मास्थित आफ्नै निवासमा निधन भएको हो। परिवारका सदस्यहरू जम्मा भएपछि उनको बुधबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको पाँच छोरा र दुई छोरी छन्।
चिन्तकलाका जेठो छोरा गुल्मीकै इस्मा गाउँपालिकाको अध्यक्ष छन्। पूर्वमन्त्री विष्टले आमाको निधनमा दुःख प्रकट गर्दै बाल्यकाल देखि समाजको हितमा लाग्न आमाले दिएको प्रेरणालाई सदैव पछ्याइरहने बताएका छन्।