इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलेलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड तालिककाको शीर्षस्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराएको हो।
युनाइटेडको जितका लागि पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७१ औं मिनेटमा युनाइटेडले गोल गरेको थियो। कप्तान ह्यारी मिगुएरको पासमा पोग्वाले गोल गरेका थिए।
जितसँगै शीर्षस्थानमा उक्लिएको युनाइटेडले १७ खेलबाट ३६ अंक बटुलेको छ। समान खेलबाट ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको १७ खेलबाटै नै ३३ अंक छ।