चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ। चीन भित्रै संक्रमणका थप १ सय १५ वटा नयाँ घटना बाहिर आएको मंगलबार जानकारी दिइएको हो।
चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार १ सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १ सय ७ जना त चीन भित्रैका नागरिकमा पाइएको हो। यहाँका स्थानीय नागरिकहरुबाटै ती १ सय ७ जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ।
चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुन:स्वास्थ्य जाँच सुरु गरेको छ। कोरोना पुन:हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ। बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार भेटिएका १ सय १५ संक्रमितमध्ये १ सय ७ जना स्थानीय स्तरमै आपसमा संक्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन्।
चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुन:स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो। मंगलबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये ९० जना त उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन्। यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ।