नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भनेर संसद् भंग गरेको आरोप लगाएका छन्।
आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् भंग गरेको बताएका हुन्।
र भारतले भनेकै भरमा प्रधानमन्त्रीले संसद् विघटन गरेकाे भनेर जनताले बुझेको उनले बताए। प्रचण्डले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता पनि नाटक भएको बताए।