एशियाकै दोश्रो ठूलो उत्पादन कम्पनी भेञ्चुरिनी। इटालियन प्रिमियम ब्राण्ड। अनि बंगलादेशको उत्पादन। यो ब्राण्ड नेपालमा छोटो समयमै लोकप्रिय हुन सफल भएको छ।
कात्तिक अन्तिम साताबाट काठमाडौंमा बिक्री वितरण शुरु भएको भेञ्चुरिनी ब्राण्ड प्रयोग गर्ने उपभोक्ताको संख्या बढ्दो छ। अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेञ्चुरिनी नेपाल भित्रिएपछि आमउपभोक्ताहरू यसतर्फ आकर्षित भएका हुन्।
नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेञ्चुरिनी नेपाल भित्र्याएको हो। र, दरबारमार्गस्थित वान दरबार मलमा यसको शोरुम रहेको छ।
कलाकारदेखि पत्रकारसम्म आकर्षित
नेपाली पत्रकारिता क्षेत्रका अग्रज एवं चर्चित प्रस्तोता ऋषि धमला प्रायः भेञ्चुरिनीको दरबारमार्गस्थित वान दरबार मलमा रहेको शोरुममा पुग्ने गर्छन्। आफूलाई आवश्यक सामग्री लिन्छन्।
‘यो ब्राण्ड निकै राम्रो लागेको छ, केही समयमै नेपालीको मन जित्ने मेरो अपेक्षा हो,’ पत्रकार धमला यस्तै विचार राख्दै भेञ्चुरिनीको प्रशंसा गर्छन्।
उद्घाटन कार्यक्रममा उपस्थित कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले पनि भेन्चुरिनी ब्राण्डलाई नवीनतम् र गुणस्तरीय रहेको धारणा व्यक्त गरेका छन्।
यसअघि, मंसिर ५ गते नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले पनि काठमाडौंको दरबार मार्गमा रहेको भेञ्चुरिनी शोरुमको अवलोकन गरेका थिए।
इटालियन ब्राण्ड भेन्चुरिनी शोरुमको अवलोकनका लागि राजदूत चौधरी वान दरबार मल पुगेका थिए। राजदूतले पनि भेञ्चुरिनी नेपालमा लोकप्रिय ब्राण्ड बन्ने विश्वास व्यक्त गरेका थिए।
गुणस्तरीय उत्पादन, उपभोक्ता सन्तुष्ट
भेञ्चुरिनी ब्राण्डलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाका अनुसार राखिएको शोरुममा अहिले जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेका छन्।
फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू उपलब्ध गराउँदै नेपालीहरूको लोकप्रिय उत्पादनका रुपमा भेञ्चुरिनीलाई स्थापित गर्ने लक्ष्यका साथ अध्यक्ष थापासहित टिम लागि रहेको छ।
‘गुणस्तर सामान आएपछि मूल्य दोश्रो श्रेणीमा पर्छ, अरु ब्राण्डको तुलनामा उत्कृष्ट क्वालिटी र मूल्य पनि अरुभन्दा सन्तुलित रहेकाले पनि भेञ्चुरिनी नेपालको नम्बर १ ब्राण्ड बन्ने संकेत देखिएको छ,’ थापाले भने।
त्यसैगरी, नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीले भेञ्चुरिनी ब्रान्डलाई देशका १० शहरमा विस्तार गर्ने तयारी तीव्र पारिएको बताए। केसीका अनुसार पोखरा, चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा भेञ्चुरिनीको विस्तार कार्यलाई तीव्र पारिएको छ।
नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले नवीन सोच र युवा पुस्तालाई उत्प्रेरक गर्नका लागि सचेततापूर्वक नयाँ ब्राण्डलाई इन्टरड्यूस गर्दै जाने आफ्नो टिमको उद्देश्य रहेको बताए। यसैको एक शिलशिला भेञ्चुरिनीको नेपाल प्रवेशलाई बुझ्न सकिने बख्रेलको धारणा छ।
निर्देशक बख्रेलका अनुसार कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अनलाइनमार्फत् भेञ्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण आरम्भ गरिँदैछ।
यसअघि, भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखेकी थिइन्। विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा थियो।