नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली पक्ष र प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई जवाफ बुझाएको छ। दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिएका हुन्।
पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन। ओली समूहका नेता सुवास नेम्वाङको टोलीले आयोग पुगेर पत्र बुझाएको थियो।
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो।
आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ।