संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा बूहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुन नसकेपछि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।
दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा के हो भनेर सोधेका थिए। जवाफमा महान्यायाधिवक्ता अग्नि खरेलले ‘सहमति छैन’ भन्ने जवाफ दिएका थिए।
यसअघि बुधबार बिहान सर्वाेच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन गरेको छ। इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।