नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका हुन्। भेटमा प्रचण्ड–नेपाल समूहले देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ।
भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए। प्रचण्ड र नेपालको प्रस्तावका सम्बन्धमा देउवाले पार्टीमा छलफल गर्ने बताएका छन्।