नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।
बैठकमा संसद् विघटनको विषयमा छलफल हुने बताइएको छ। यो समूहको स्थायी कमिटी बैठक गत पुस १९ र २० गते बसेको थियो।
प्रचण्ड–नेपाल समूहले संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ।