कोरोना महामारीपछि प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘मास्टर’ ले धमाकेदार ओपनिङ गरेको छ। सुपस्टारद्वय जोसेफ विजय चन्द्रखशेखर र विजय सेतुपतिको फिल्म मास्टरले पहिलो दिन नै विश्वभरबाट ४० करोड कमाइ गरेको छ।
मास्टर फिल्म नेपालमा पनि रिलिज भएको छ। लोकेश कनागराजको निर्देशनमा बनेको यो फिल्म बुधबार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो। बिहीबार यसको हिन्दी संस्करण रिलिज भएको छ। हिन्दी भाषमा गरिएको रिलिजबाट कति कमाइ भयो भन्ने सार्वजनिक भएको छैन।
बलिउड लाइफका अनुसार यो फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ। केरल र कर्नाटकमा ३–३ करोड कमाएको बताइएको छ। तेलंगना तेलंगना र आन्ध्र प्रदेशमा साढे ४ करोड, भारतका अन्य क्षेत्रमा डेड करोड कमाएको छ। विदेशबाट ४ करोडको कमाइ गरेको छ। फिल्मले दक्षिण भारतमा रेकर्डहरु बनाउने अपेक्षा गरिएको छ।