नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ। बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि पेरिसडाँडास्थित पार्टी कार्यालयमा बैठक शुरु भएको हो।
बैठकमा संसद् विघटन लगाएतका समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ। यो समूहको स्थायी कमिटी बैठक गत पुस १९ र २० गते बसेको थियो।
यो समूहले संसद् विघटनविरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ ।