प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ। सर्वोच्च अदालतले अघिल्लो बुधबार हेर्दाहेर्दैमा राखेको उक्त मुद्दामा थप सुनुवाई शुक्रबार बिहान साढे ११ बजेबाट शुरु भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संवैधानिक इजलासमा मुद्दा सुनुवाई भइरहेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी समेत रहेको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ।
संवैधानिक इजलासमा न्यायाधीश मल्ल अर्का न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा आएकी हुन्। वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शम्भु थापालगायतले सम्बन्धमा प्रश्न उठाएपछि कार्कीले उक्त मुद्दाको इजलासमा नबस्ने घोषणा गरेका हुन्।
अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको बताउँदै बृहत् पूर्ण इजलासमार्फत् सुनुवाई गर्नुपर्ने माग उठाएका छन्।
तर,
महान्यायाधिवक्ता अग्नि खरेलसहित सरकारी पक्षीय अधिवक्ताहरूले संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनुपर्ने तर्क गरिरहेका छन्।