प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई २ सय ८८ रनको बलियो लक्ष्य दिएको छ। कप्तान विनोद भण्डारीर्का शतकीय पारीमा आर्मीले उच्च योगफल बनाएको हो।
कीर्तिपुरको टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो। आर्मीका कप्तान भण्डारी ७६ बलमा१ सय ११ रन बनाउँदै अविजित रहे। यो भण्डारीको अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो।
यस्तै, आर्मीका राजु रिजालले ४५ रनको योगदान दिए। लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रन बनाउँदा भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए। गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २–२ विकेट लिए। दिपेश खत्री र चन्द्र पौडेलको एक–एक विकेट हात पारे।