काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बाललको मृत्यु भएको छ। चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटाको ज्यान गएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको उपचारका क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी वृत्त, थानकोटले जानकारी दिएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन्।
देवकोटाको निधन भएपछि उनका आफन्तले केहिसमय कलंकी–नागढुङ्गा सडक अवरुद्ध गरेका थिए। तर, प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिई सडक खुलाएको छ। शुरुमा आफन्तले उपचारमा अस्पतालले लारबाही गरेको आरोप लगाएका थिए। केहिसमय विवाद भएपनि पछि अस्पताल र आफन्तबीच सहमति भएको बताइएको छ।