भारतको राजधानी नयाँ दिल्लीमा १३ वर्षीय बालकको लिङ्ग परिवर्तन गरी ६ जनाले सामूहिक बलात्कार गरेका छन्। नयाँ दिल्लीको गीता कोलोनी क्षेत्रमा बस्ने शुभमको ती ६ जनाले तीन वर्ष अगाडीदेखि बलात्कार गर्दै आएका हुन्।
सुभमले उनीहरुलाई लक्ष्मी डान्स् इभेन्टमा पहिलो पटक भेटेका थिए। उनलाई डान्स् सिकाउने बाहानाले मण्डावाली लिएर गए। शुभमले केही समय डान्स् कार्यक्रममा भाग लिएर केही पैशा पनि कमाउँथे।
केही समय पछि उनीहरुले शुभमलाई त्यहीँ बस्नु पर्ने बताए। त्यसपछि नसालु पदार्थ सेवन गराएर उनको जबरजस्ती लिङ्ग परिवर्तन गराए। शुभमको लिङ्ग परिवर्तन गराएपछि उनीहरु ६ जनाले सामूहिक बलात्कार गर्ने र ग्राहकलाई पनि बोलाएर उनको यौन शोषण गर्ने गरेको खुलेको छ।
त्यतीमात्र नभएर उनलाई किन्नर बनाएर ट्रेन स्टेसनमा भिक माग्नसमेत पठाउँथे। उनीहरु आफु पनि महिलाको पोषाक लगाएर ग्राहकसँग पैशा लुट्ने गर्थे।
कसैलाई सत्य कुरा भनिस् भने परिवारलाई मारिदिने धम्की दिएको शुभमले बताएका छन्। मार्च २०२० मा लकडाउन पछि उनी र उनको साथी त्यहाँबाट भागे। फेरि डिसेम्बरमा उनी बसेको घरमा गएर कुटपिट गरि भएको पैशा लुटेर बलात्कार गरे।
त्यहाँबाट भागेर उनीहरु दिल्ली रेल स्टेसनमा गएर बसेका थिए। प्रहरीमा उजुरी दिँदा पनि उजुरी फिर्ता लिन प्रहरीले दबाब दिइरहेको शुभमले बताए। उजुरी फिर्ता नलिए उनलाई पनि जेलमा राखिदिने धम्की प्रहरीले दिएको सुभमले बताए।
हाल प्रहरीले २ जना आरोपितलाई पक्राउ गरेको छ भने बाँकी ४ जनाको खोजी भइरहेको बताइएको छ।