नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।
शुक्रबारको बैठकमा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्टाबारे जानकारी गराएको एक नेताले बताए। बैठकमा सातै प्रदेशका इन्चार्जले जिल्लाको सांगठिक अवस्था र जारी आन्दोलनको प्रभाकारीताबारे ब्रिफिङ् गरेका थिए।
त्यस्तै, बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा केपी ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ। सह–इन्चार्जको जिम्मेवारी राजेन्द्र राई र जयन्ती राईलाई दिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् विघटन गरेकी थिइन्। त्यसपश्चात् विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले लगातार आन्दोलन तथा विरोध गरिरहेको छ।