परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि उनी स्वदेश फर्किएका हुन्।
नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो। मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्केका हुन्।
पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो।
मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए। करिब पैतालीस मिनेट भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धहरुका बारेमा सौहार्द छलफल भएको भारतका लागि नेपाली राजदूत आाचार्यले बताए।