भारतमा एक पुरुषले साथीहरुसँग मिलेर आफ्नै पत्निको सामूहिक बलात्कार गरेका छन्। यो राजस्थानस्थित जौलर जील्लाको घटना हो।
पीडितकी आमाले जौलर कोतवालीमा आफ्नो ज्वाई र उनका साथीहरुविरुद्ध उजुरी दिएकी छिन्। पिडितका पति सिरोहीको मणादर गाउँमा काम गर्ने गर्थे। उनले १२ जनवरीमा आफ्नो पत्निलाई मोटरसाइकलमा राखेर आफू काम गर्ने क्षेत्र पुर्याए।
पीडितको खुट्टा ढोकामा बाँधेर उनको साथ उनको पती र उनका पतीका साथी मिलेर पालै पालो जबरजस्ती गरे। उनका साथीहरू माधकपदार्थको नसामा रहेको पीडितले बयान दिएकी छिन्।
पीडितको उपचार भइरहेको र आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।