संसद् विघटनविरुद्ध रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ। रिट निवेदकहरुले शुरुमा बहस गर्दैछन्। रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबैले बहस गर्न त पाउने तर गम्भीर विषयमा कसरी समय तोकिदिने भन्दै विचार गरेर बोलिदिन आग्रह गरे। यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो।
तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।