स्पेनिस सुपर कपको फाइनल खेलमा बार्सिलोना र एथ्लेटिक क्लबबीच महाभिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार आइतबार राति १ः४५ बजे शुरु हुनेछ।
बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने सोचमा छ। सेमिफाइनल खेलमा कडा प्रतिस्पर्धाकाबीच टाइ ब्रेकरमा रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना फाइनल प्रवेश गरेको थियो। त्यस्तै, रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिक क्लब फाइनल पुगेको थियो। एथ्लेटिक क्लबलाई पराजित गर्न बार्सिलोनालाई सहज हुने नहुने प्रशिक्षकले बताए।
एथ्लेटिक क्लब लिगमा आफूभन्दा बलियो देखिएको बार्सिलोनालाई रोक्दै उपाधि जित्ने लक्ष्यमा छ। रियल मड्रिडलाई पराजित गर्दै उच्च मनोबलका साथ फाइनल पुगेको एथ्लेटिकको टिम पछिल्ला दिनमा आक्रामक देखिएको छ।
सेमिफाइनल खेल गुमाएका बार्सिलोनाका कप्तान लियोनल मेसी फाइनल खेलमा मैदान उत्रने वा नउत्रने निश्चित भएकाे छैन। मेसी मैदानबाहिर रहेमा एथ्लेटिकलाई केहि सहज हुने अनुमान गर्न सकिन्छ। खेलअघि एथ्लेटिक क्लबका खेलाडीले बार्सिलोना बलियो टिम भए पनि आफूहरुले उपाधि जित्ने बताएका छन्। उपाधि नै जित्ने लक्ष्यका साथ आफूहरु मैदान उत्रिन लागेको उनीहरुले जानकारी दिएका हुन्।