कोरोना भाइरसबाट ग्रसित मानिसमा भाइरसविरुद्धको खोप बनेसँगै केहि आशा जागेको थियो। तर, पछिल्लो समयमा भाइरसकै खोपबाट मृत्यु हुन लागेपछि विश्व आतंकित बनेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नर्वेमा फाइजरको भ्याक्सिन लगाएपछि मृत्यु हुनेको संख्या २९ पुगेको छ। भ्याक्सिन लगाएपछि नै मानिसको निधन भएपछि यसले विश्वमा नै चिन्ता बढेको छ। खोपमाथि पनि गम्भीर प्रश्न उठेको छ।
नर्वेमा पछिल्लो समय मृत्यु हुनेको संख्या ६ थप भइ २९ पुगेको हो। यसरी मृत्यु हुनेहरु ७५ देखि ८० वर्ष उमेर समूहका छन्। यो समूहलाई जोखिममा रहेको समूह मानेर पहिले भ्याक्सिन लगाइएको हो।
नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई भ्याक्सिन लगाइसकिएको छ। शुक्रबारसम्म नर्वेमा उपलब्ध एकमात्र भ्याक्सिन फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिन थियो।
नर्वेजियन मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा यी सबै मृत्युहरु यो भ्याक्सिनसँग सम्बन्धित भएको बताएको छ। एजेन्सीका अनुसार १३ मृत्युको आँकलन गरिएको छ र एजेन्सीलाई अन्य १६ मृत्युको विषयमा थाहा छ जसको आँकलन गरिँदैछ।