बिटक्वाइन अर्बपति स्टिफन थोमसले पासवर्ड बिर्सिएकै कारण करिब २५ अर्ब नेपाली रुपैयाँ (२२० मिलियन अमेरिकी डलर) गुमाएका छन्। सफ्टवेयर बनाउने उनले डिजिटल करेन्सीले कसरी काम गर्छ भनेर व्याख्या गर्दै एक भिडियो बनाएका थिए।
त्यसबापत् उनलाई बीटक्वाइनले ७ हजार २ बीटक्वाइन्स दिएको थियो। तर, हाल उनले त्यो बीटक्वाइन राखिएको युएसबी हार्ड ड्राइभ जसले आधुनिक पर्स राख्छ त्यसको पासवर्ड नै बिर्सिएका छन्।
पासवर्ड सम्झिए उनी अर्बपति बन्नेछन् किनकि त्यो पासवर्डबाट उनले आफ्नो डिजिटल पर्स खोल्न सक्नेछन् जहाँ करिब २५ अर्ब रुपैयाँ छ। स्टिफनले वर्षौं पहिले क्रिप्टोकरेन्सी बिटक्वाइन किनेका थिए। यो बिटक्वाइन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले बिर्सिएका छन्। अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ। उनको डिजिटल वालेटमा कूल ७ हजार २ बिटक्वाइन छ।
स्टिफनसँग भएको अरबौं रकम केवल संख्या मात्रै बनेर रहेको छ किनकि उनले यसको प्रयोग गर्न सक्ने स्थिति छैन। आइरन नामको सानो हार्ड ड्राइभ खोल्न चाहिने पासवर्ड स्टिफनले बिर्सिइसकेका छन्। आइरनभित्र अर्को एउटा डिजिटल साँचो छ जसलाई प्राइभेट की भनिन्छ। यो प्राइभेट कीले मात्र उनको डिजिटल पर्स खोल्न सकिन्छ जसमा बिटक्वाइन राखिएको छ।
स्टिफनले बिटक्वाइन किनेर आइरनको पासवर्ड एउटा कागजमा लेखेर राखेका थिए। कुनै समय बिटक्वाइनको मूल्य धराशायी भएको थियो त्यसैले स्टिफनलाई यसप्रति चासो रहेन। कागज पनि हरायो।
अहिले मूल्य आकाशिएपछि स्टिफनलाई आफ्नो डिजिटल धन याद आयो तर उनले त्यसलाई हासिल गर्न सकिरहेका छैनन्। उनले पासवर्ड सम्झिने हरसम्भव प्रयास गरिसकेका छन्।
समस्या यसकारण पनि छ कि उनले १० पटक मात्र प्रयास गर्न सक्छन्। यदि १० पटकमा उनले सही पासवर्ड राखेर आइरन खोल्न सकेनन् भने उनको वालेट सदाको लागि बन्द हुनेछ। उनले प्रायः जस्ता किसिमका पासवर्ड प्रयोग गर्छन् ती पासवर्डबाड ८ पटक प्रयास गरिसकेका छन्। र, हरेक प्रयास विफल भए। अब उनीसँग २ मौका मात्रै बाँकी छन्।
उनले अबको २ मौका पनि सहि पासवर्ड राख्न सकेनन् भने मोटो रकम सधैंका लागि गुमाउनेछन्। समाचार स्रोतका अनुसार थोमस अहिले निकै तनावमा रहेका छन्। उनले अबको दुई मौका कहिले प्रयोग गर्नेछन् बारे केहि खुलाइएको छैन।