सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने टिपर आइतबार राति ११ बजेतिर दुर्घटनामा परेकोह हो।
बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजना गम्भिर घाइते छन्। दुर्घटनामा मृत्यु हुनेमा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन्।
दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्।