आइतबार राति भएको स्पेनिस सुपर कपको फाइनल खेलमा बार्सिलोना पराजित भयो। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा बार्सिलोनालाई ३–२ गोलले पराजित गर्दै एथ्लेटिक क्लबले सुपर कपको उपाधि जित्यो।
उक्त खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाए। बार्सिलोनाको करियरमै मेसीलाई पहिलोपटक रातो कार्ड देखाइएको थियो। सँगै रहेका बिल्वाओका खेलाडीलाई हातले धकेल्दै लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै मेस्सीलाई खेलको अन्तिम समयतिर रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए।
रातो कार्ड पाएसँगै मेसीलाई २ खेलको प्रतिबन्ध हुने भएको छ। उनले अन्य दुई खेल पनि गुमाउने खतरा छ। मेसीले रातो कार्ड पाएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले त्यसकाे प्रतिरक्षा गरेका छन्। उनले मेसीकाे प्रतिक्रिया सामान्य भएकाे बताएका हुन्।
‘मसीले के गरे म बुझ्छु,’ कोएम्यानले भने, ‘मैले थाहा छैन मेसीलाई उनीहरुले कतिपटक फल गरे। बल खेलिरहेको बेला आफूमाथि फल भएपछि त्यसमा प्रतिक्रिया जनाउनु सामान्य हो। के भएको यकिन गर्न मैलै त्यसलाई फेरि हेर्नुपर्छ।’