नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ। पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीया महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो।