नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री समेत रहेको नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ।
नेकपाका नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेसहित कार्यालय सचिव पनि बालुवाटार पुगेर ओलीलाई प्रष्टीकरण सोध्ने पत्र बुझाएका हुन्। संसद् विघटनपछि दुई पक्षमा बाँडिएको नेकपाको प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो।
स्थायी कमिटी बैठकले अनुशासन उल्लंघन गरेको ठहर गर्दै ओलीलाई नेकपाको साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोही निर्णयबारे जानकारी दिन र पत्र बुझाउनका लागि