भारतको गुजरातमा ट्रकले किचेर १५ जनाको मृत्यु भएको छ। गुजरातस्थित सुरतको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुड्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको हो।
यो दर्दनाक घटनामा अन्य सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्। १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।
उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको प्रहरले बताएको छ। ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन्।