सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ। बुधबारबाट शुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि प्रचण्ड–नेपाल समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो।
नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ। बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो।बुधबार दिउँसो २ बजेबाट शुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार कांग्रेसले मंगलबार ११ बजे संसदीय दलको बैठक बोलाइएको बताए। उनका अनुसार बैठक प्रदेशसभा सचिवालय भवनमा बस्नेछ।