भारतले अष्ट्रेलियाविरुछको टेष्ट सिरिजको उपाधि जितेको छ। ४ खेलको सिरिजमा भारतले दुई खेलमा जीत निकाल्दै उपाधि जितेको हो।सिरिजको चौथो तथा निर्णायक खेलमा भातरले अष्ट्रेलियालाई ३ विकेटले हरायो।
चौथो खेलको पहिलो इनिङ्समा भारत ३३ रनले पछि परेको थियो। दोस्रो इनिङ्समा अष्ट्रेलियाले २ सय ९४ रन बनाएसँगै भारतले ३ सय २८ रनको लक्ष्य पाएको थियो। आफ्नो दोस्रो इनिङ्समा भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
भारतका लागि सुभम गिलले ९१ रन बनाउँदा चेतेश्वर पुजाराले ५६ रनको पारी खेले। भारतलाई जीत दिलाउन रिसभ पन्तले अविजित ८९ रन बनाए। बलिङमा अष्ट्रेलियाका प्याट क्युमिन्सले ४, नाथन लियोनले २ विकेट लिए।
पहिलो इनिङ्समा अष्ट्रेलियाले मार्नस लाबुस्चगने को शतक मद्दतमा १ सय १५ ओभर २ बलमा ३ सय ६९ रन बनाएको थियो। उसका लागि टिम पेनले ५० रन र क्यामेरोन ग्रिनले ४७ तथा म्याथ्यू वाडेले ४५ रन बनाए। बलिङमा भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङ्टन सुन्दरले समान ३–३ विकेट लिए।
त्यसपछि आफ्नो पहिलो इनिङ्स लिएर आएको भारतले १ सय ११ ओभर ४ बलमा ३ सय ३६ रन बनायो। उसका लागि शार्दुल ठाकुरले ६७, वासिङ्टन सुन्दरले ६२ रन बनाए। त्यस्तै, ररोहित शर्माले ४४ रनको योगदान दिए। बलिङमा अष्ट्रेलियाका जोश हज्लेउडले ५ विकेट तथा मिचेल स्टार्क र प्याट क्युमिन्सले २–२ विकेट लिए।
अष्ट्रेलियाले दोस्रो इनिङ्समा ७५.५ ओभरमा २ सय ९४ रन बनाएको थियो। उसको लागि स्टेभेन स्मिथले ५५ रन, डेविड वार्नरले ४८ र मार्कस ह्यारिसले ३८ रन बनाएका थिए। क्यामेरोन ग्रिनले ३७ रनको योगदान दिए। बलिङमा भारतका मोहम्मद सिरजले ५ विकेट र शार्दुल ठाकुरले ४ विकेट लिएका थिए।
सिरिजको पहिलो खेलमा अष्ट्रेलिया ८ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा भारतले ८ विकेटको जीत निकालेको थियो। सिरिजको तेस्रो खेलमा रोमाञ्चक बराबरी भएसँगै दुई टोलीको सिरिज उपाधिका लागि चौथो खेल निर्णायक बनेको थियो। चौथो खेलमा जीत निकाल्दै भारतले उपाधि जितेको हो।