लेखक नारायण वाग्लेले संसद् विघटन भएकोमा आक्रोश व्यक्त गरेका छन्। काठमाडौंमा प्रचण्ड–नेपाल पक्षका प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै संसदमा डोजर चलाएको बताएका हुन्।
भेलामा वाग्लेले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरीमा राति डोजर चलाएको पनि जानकारी दिए। प्रचण्डले आवेग र आक्रमक आन्दोलनको आवश्यक भएको भनेर दिएको अभिव्यक्तितिर संकेत गर्दै वाग्लेले त्यस्तो नगर्न सुझाएका छन्।
त्यस्तै, नेपालमा हाल सबभन्दा निरीह हिजो दुई कार्यकाल संविधानसभा अध्यक्ष भएको पनि उनले बताए। वाग्लेले सुवास नेम्वाङको नाम भने लिएनन्। वाग्लेले संसद् पुनस्थापना हुने विश्वास पनि व्यक्त गरे।