नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मैगलबार प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब ओली कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने बताएका हुन्।
प्रधानमन्त्री ओलीले देशलाई निरंकुशतामा लैजाने प्रयास गरेको बताउँदै प्रचण्डले प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन्। ‘तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पुर्याउन सक्छु,’ प्रचण्डले भने।
त्यस्तै, उनले ओलीको राष्ट्रवाद खोक्रो भएको जानकारी दिएका छन्। पहिला जसलाई गाली गर्थे अहिले उसैसँग लम्पसार परेको टिप्पणी गर्दै प्रचण्डले पार्टीको विवादले गर्दा संसद् विघटन गरेको भनेर कुतर्क नगर्न चेतावनी दिए।