सुनसरीमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुहबी–इनरुवा सडकखण्डमा मंगलबार दिउँसो भएको दुर्घटनामा ३ जनाको निधन भएको हो।
ट्राफिक प्रहरीका अनुसार दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किएको थियो।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन्। अर्का एक मृतकको पहिचान नखुलेको बताइएको छ। दुर्घटनामा दश जना सामन्य घाइते भएका छन्।