रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच विवाद भएको र त्यही विवाद झडपमा परिणत भएको छ। विवादले उग्ररुप लिएपछि दिनभर राडी बजार तनावग्रस्त भएको छ।
झडपका कारण जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मंगलबार ५ बजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राडी बजारमा निषेधाज्ञा लगाएको छ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन्। पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो।
मंगलबार दिनभर राजनीतिक विषयमा दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका थिए। स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गरेको थियो।