नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे सम्पादकहरुसँग छलफल गर्ने आयोजना गरेको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा छलफल जारी छ।
छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन्।
नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन्।