काडमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ। यस अवधिमा काठमाडाैं महानगरपालिकाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ।
चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको काडमाडौं महानगरपालिकाले जनाएको छ। त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ। नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको काडमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। काडमाडौं महानगरपालिकाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ। काठमाडाैं महानगपालिकाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ।
काडमाडौं महानगरपालिकाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ। काडमाडौं महानगरपालिकाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन्। दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको काडमाडौं महानगरपालिकाले जानकारी दिएको छ। यता सामाजिक विकासतर्फ एक अर्ब ६२ करोड रुपैयाँको योजना छन्।
सामाजिक सुरक्षासम्बन्धी काडमाडौं महानगरपालिकाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त स:शर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ। तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन्।
त्यसैगरी आयतर्फ अहिलेसम्म तीन अर्ब १० करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ। गएको वर्ष यस अवधिमा चार अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको थियो। लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ। सङ्कलित रकममध्ये एक अर्ब ७५ करोड रुपैयाँ अनलाइन प्रणालीबाट प्राप्त भएको हो।
काडमाडौं महानगरपालिकाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन्। काडमाडौं महानगरपालिकाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। काडमाडौं महानगरपालिका भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट तीन अर्ब एक करोड ६१ लाख छ हजार रुपैयाँ छ।