नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा गठित प्रदेश १ र वागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सोही पार्टीका सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
मुख्यमन्त्रीहरुविरुद्ध परेको अविश्वासको प्रस्तावका विषयमा नेपाली कांग्रेसभित्र पनि गम्भिर मत मतान्तर देखिएको छ। अविश्वासको प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसका प्रदेश नं १ का केन्द्रीय नेताहरुको बैठक बुधबार पार्टी सभापती निवास बुढानिलकण्ठमा बसेको छ।
बैठकमा नेकपा नेतृत्वको सरकारविरुद्ध परेको अविश्वासको प्रश्तावमाथी मतदान गर्ने नगर्ने भन्ने विषयमा पार्टी सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को विवाद भएको हो। वरिष्ठ नेता पौडेलले प्रतिपक्षी दल भएको नाताले अविश्वासको प्रस्तावमाथी मतदान गर्नुपर्ने धारणा राखे। तर सभापती देउवाले ठाउँ हेरेर अविश्वासको विषयमा मतदान गर्नुपर्ने धारणा राखे।
घुमौरो भाषामा प्रदेश १ मा परेको अविश्वास प्रस्तावमा मतदान नगर्ने देउवाको धारणा थियो। तर नेता पौडेलले सबैतिरका लागि नितिगत निर्णय एउटै हुनुपर्ने बताए। ‘हामी प्रतिपक्षी दल हो कि होइनौ, केपी ओलीलाई सहयोग गर्नु प्रतिपक्षी दलको कस्तो धर्म हो,’ पौडेलले जंगीदै भने,‘प्रतीपक्षी दलले संसदमा अविश्वासको प्रस्ताव आइसके पछि त्यसको पक्षमा मतदान गर्नै पर्छ यसको विकल्प छैन।’
सभापती देउवाले प्रधानमन्त्री ओलीलाई सहयोग गरिरहेको धारणा राख्दै पौडेलले प्रतिपक्षी दलको धर्म निर्वाह गर्न सभापती देउवालाई चेतावनी दिए।
देउवा र पौडेलको भनाभनपछि...
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्य समितीका सदस्यहरुबीचको छलफलमा सहभागी नेताहरुले पर्टीबाट नितिगत निर्णय गरेर अविश्वासको प्रश्तावको सर्दभमा निर्णयमा पुग्नुपर्ने धारणा राखे।
वरिष्ठ नेता पौडेल र पुर्व महामन्त्री कृष्णप्रशाद सिटौला सभापती देउवाविरुद्ध कटाक्ष गरेपछि बोलेका कांग्रेस केन्द्रीय सदस्य बलबहादर केसीले तिनै जना नेतालाई जिम्मेवार बन्न सचेत गराए।
देउवा र सिटौलाबीच भनाभन चलिरहेकोबेला उठेर बोलेका केसीले तीनै जनालाई अभिव्यक्तीमा जिम्मेवारी प्रस्तुत गर्न सचेत गराएका हुन्। केसीले पार्टी नितिगत निर्णय गर्दै गर्दा आपसी सल्लाहमा र सहमतीमा निष्कर्षमा पुग्नुपर्ने बताए। कांग्रेसले राजनीतिक अप्ठ्यारोमा परेका बेला निष्कर्ष दिने गरी निर्णय गर्नुपर्ने बताए।
उनले पार्टी भित्र अनेक किसिमका विवाद र वहस भएपनि एउटै मत बनाएर अघि बढ्नु पर्ने सुझाव नेताहरुलाई दिए।