सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
खडक नगरपालिका–११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१–प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजे दुर्घटना परेको हो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको हो। गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनकारी दिएको हो।
त्यस्तै घाइते हुनेमा मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका–११ कै २१ वर्षीय सुनिलकुमार चौधरी रहेका छन्। उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनकारी दिएको छ।