प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको प्रेम फिल्मको जस्तै नक्कली भएको टिप्पणी गरेका छन्। ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्ड र नेपालको प्रेमलाई सिनेमाको जस्तै प्रेमको संज्ञा दिएका हुन्।
फिल्ममा हिरो र हिरोइन हुने र तिनीहरुबीच प्रेम, पीडा देखाइने बताउँदै ओलीले वास्तवमा त्यस्तो केही नहुने जानकारी दिएका हुन्। समाजका रहेका विभिन्न व्यक्तिहरुले आफ्नो स्वार्थका लागि हाउभाउ देखाउने उनले बताए।
प्रधानमन्त्री ओलीले केहि व्यक्तिहरु नाटक देखाउने, रुने र जनतालाई झुक्याउने काममा लागेको बताएका छन्। उनले त्यस्ता व्यक्तिबाट जोगिन जनतालाई आग्रह गरेका छन्। प्रचण्ड नेपालतिर लक्षित गर्दै ओलीले उनीहरु जनतालाई भ्रममा राख्न तल्लीन भएको जानकारी दिएका हुन्।
कार्यक्रममा उनले आवेश, उत्तेजना, आक्रोश, प्रतिशोधमा नरहेको स्पष्ट पार्दै देश बनाउनुपर्ने बताए। देशलाई सुशानिको बाटोमा लैजानुपर्ने बताउँदै उनले भ्रष्टाचार समाप्त पार्ने बाटोमा आफू रहेको स्पष्ट पारे।