बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि हालसम्ममा यतिधेरै जनाको एकै दिनमा मृत्यु भएकाे यो पहिलो पटक भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिइएका हुन्।
यसैगरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा बेलायतमा ९३ हजार २ सय ९० जनाले कोरोना भाइरसकाे कारणा ज्यान गुमाइसकेका छन्। पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
बेलाएतबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० देशमा पुगेको समाचारमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएकाे हाे।
उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगेकाे बताए। यसैगरी बेलायतमा बुधबारमात्र ३८ हजार ९ सय ५ जना नागरिकमा यो संक्रमण देखिएको छ। एकै दिनमा यति धेरै ठूलाे संख्यामा संक्रमित देखा परेकाे बेलाएतमा पाहिलाे पटक हाे।
यी सबै गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या निकै बढेको छ। समाचारअनुसार यही बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण विश्वमा बढ्दै गएको बताइएको छ।
बुधबार मात्र विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ। गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमितहरु थपिएका छन्।
पछिल्लो समय युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ। युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशमा करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिने बताएकाे छ।