बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ। सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका हुन्। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।
नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।