नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन नरोकिएन बताएका हुन्।
उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे।वरिष्ठ नेता खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु। कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए।