नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली तानशाह हिटलरको बाटोमा हिँडेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली हिटलरको बाटोमा हिँडेको बताएका हुन्। अध्यक्ष नेपालले ओलीलाई पार्टीले दण्ड दिन शुरु गरिसकेको बताए।
केपी ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताए। नेपालले ओलीविरुद्धको अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै रहेको र फिल्म त आउन बाँकी नै रहेको पनि बताए।
शुक्रबारको प्रदर्शन र सभा हेर्दा आफुलाई जनआन्दोलनको झझल्को दिएको उनको भनाई थियो। उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए। उनले ओलीलाई सुर्धान गरेका अनेकन प्रयास असफल भएको बताए।