नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ को संज्ञा दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई यस्तो संज्ञा दिएका हुन्।
प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्थामा छ, तर ओली हाँस्ने र हसाउँने काममा लाग्नुभएको छ।’ प्रचण्डले विगत तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन्।
केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले देशलाई बर्बाद पार्न कसैले पनि भूमिका खेल्न नहुने बताएका छन्।