नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई प्रधानमन्त्री केपी शर्मा अोलीले सामान्य भएको प्रतिक्रिया दिएका छन्। बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव समूहले अलिअलि मान्छे जम्मा गरेको बताए।
प्रधानमन्त्री ओलीले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ आफूहरुले देखाउने जानकारी दिएका छन्। ‘उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्,’ उनले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिने चेतावनी दिए। चारैतिरबाट अदालतमाथि प्रहार भइरहेको जानकारी दिँदै उनले अदालतलाई धम्क्याउने प्रयास भइरहेको बताए।